बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कारोबार नभएका खाता निष्क्रिय बनाउन राष्ट्र बैंकको निर्देशन

शुक्रबार, चैत्र ८ २०७५

काठमाडौं चैत, ८–
नेपाल राष्ट्र बैंकले छ महिनाभन्दा बढीसम्म कारोबार नभएका खाताहरु निष्क्रिय बनाउन निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले बचत खाताको हकमा तीन वर्ष एवं कल खाता र चल्ती खाताको हकमा छ महिनाभन्दा बढी समय व्यतित भएको खाता निष्क्रिय बनाउन निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
निर्देशन अनुसार अनुसार यसअघि बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्थाबमोजिम निष्क्रिय गरिएको खाताहरुको हकमा यही व्यवस्थाअनुसार निष्क्रिय गर्नुपर्ने छ । निष्क्रिय अवस्थामा रहेका यी खाताहरु सक्रिय गर्दा संस्थाको ग्राहक पहिचान सम्बन्धी  नीति बमोजिम अद्यावधिक भएको खाताको हकमा सम्बन्धित ग्राहकको निवेदन बाहेक अन्य कागजपत्रहरु लिन आवश्यक नपर्ने राष्ट्र बैकले जनाएको छ ।