बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

मंगलबार, मंसिर १८ २०८१

काठमाडौं । दाङको दंगिशरण गाउँपालिका–३ राउतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय आकाश कँडेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हेकुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित अछाम साँफेबगर नगरपालिका–३ बस्ने ३० वर्षीय चन्द्र बहादुर बुढालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका–१ बस्ने २२ वर्षीय धिरज गुरूङ र २४ वर्षीय नवराज मगरलाई २ ग्राम ४० मिलिग्राम तथा कटहरी गाउँपालिका–१ बस्ने २४ वर्षीय आकाश परियार समेत २ जनालाई १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद ४ हजार रूपैयाँ सहित पक्राउ गरेको हो।

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ बिरखम बस्ने ६० वर्षीया जसु देवि भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ८७ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।