बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाली सेनासँग सरकार असन्तुष्ट, जंगी अड्डासँग माग्यो स्पष्टिकरण

शुक्रबार, चैत्र ८ २०७५

काठमाडौं चैत, ८–
नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको आजको नागरिकमा खबर छ । 

बिहीवार नागरिक दैनिकले विप्लव नेतृत्वको नेकपा समस्यालाई राजनीतिक समाधान गर्नु पर्ने सेनाको धारणा र फागुन १४ गते केन्द्रीय सुरक्षा समिति बैठकमा समेत यही बिषयमा छलफल भएको समाचार प्रकाशित गरेको थियो।समाचार‌ प्रकाशित भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरो सचिव रेश्मीराज पाण्डेले सेनाको धारणाबारे जंगी अड्डासँग स्पष्टिकरण मागेका थिए।

सरकारको स्पष्टिकरणपछि सेनाले सरकारकै आधिकारीक धारणा र निर्देशन नै सेनाको धारणा भन्दै विप्लववारे आन्तरिक रणनीति र सरकारलाई दिएको गोप्य सुझावबारे आएको समाचारप्रति आपत्ति जनाएको हो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले यसअघि बिप्लब र सिके राउतका गतिबिधि र समस्या राजनीतिक तवरबाट समाधान गर्नुपर्ने धारणा पटक पटक सार्बजनिक गरेका थिए।