बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

झण्डै दुई खर्ब रुपैंयाँले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप

घरजग्गा धितो सुरक्षणमा मात्र ६५ दशमलव आठ प्रतिशत कर्जा लगानी

सोमबार, मंसिर १७ २०८१

काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम झण्डै दुई खर्ब रुपैंयाँले बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक खर्ब ७० अर्ब रुपैंयाँ अर्थात दुई दशमलव छ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ५८ अर्ब ५० करोड रुपैंयाँ अर्थात दुई दशमलव आठ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसारवार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव आठ प्रतिशतले बढेको छ । २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव चार प्रतिशत, ३२ दशमलव सात प्रतिशत र ५४ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः छ दशमलव सात प्रतिशत, २६ दशमलव सात प्रतिशत र ६० दशमलव दुई प्रतिशत रहेको थियो । २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव आठ प्रतिशत रहेको छ । २०८० असोज मसान्तमा यस्तो निक्षेपको अंश ३६ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ६५ करोड अर्थात दुई दशमलव पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब नौं अर्ब तीन करोड अर्थात दुई दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा छ प्रतिशतले बढेको छ । २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव एक प्रतिशत र ३६ दशमलव नौं प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह दुई दशमलव पाँच प्रतिशतले, विकास बैंकहरुको दुई दशमलव चार प्रतिशतले र फाईनान्स कम्पनीहरुको कर्जा प्रवाह तीन दशमलव नौं प्रतिशतले बढेको छ । २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति अर्थात कृषि तथा गैर– कृषिजन्य वस्तुको सुरक्षणमा १३ दशमलव चार प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६५ दशमलव आठ प्रतिशत रहेको छ । २०८० असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ प्रतिशत र ६७ दशमलव तीन प्रतिशत रहेको थियो। छ।

चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा दुई दशमलव तीन प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा दुई दशमलव दुई प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई दशमलव तीन प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा चार दशमलव सात प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा दुई दशमलव छ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा दुई दशमलव दुई प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शुन्य दशमलव चार प्रतिशतले घटेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा मध्ये आवधिक कर्जा दुई दशमलव सात प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७ दशमलव पाँच प्रतिशतले, ट्रष्ट रिसिट अर्थात आयात कर्जा १७ दशमलव चार प्रतिशतले, हायर पर्चेज कर्जा शुन्य दशमलव सात प्रतिशतले, नगद प्रवाह कर्जा एक दशमलव नौं प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) एक दशमलव पाँच प्रतिशतले बढेको छ भने यस अवधिमा अधिविकर्ष कर्जा पाँच दशमलव आठ प्रतिशतले घटेको छ।