काठमाडौं चैत, ७–
महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्थाले “राजकुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोवल अवार्डद्वारा सम्मानित भएको छ । संस्थाले सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र गरि चार विधामा विभिन्न मुलुकका १८८७ प्रतिस्पर्धिहरुलाई उछिन्दै निजी संस्थाको तर्फबाट एक लाख अमेरीकी डलर धनरासीको पुरस्कार र ग्लोवल अवार्ड प्राप्त गर्न सफल भएको हो ।
नेपालको अतिदुर दराजर पिछडिएको क्षेत्रमागई २८ हजार भन्दा बढि महिलाहरुकाबीच लघुवित्त सेवाका साथै लघुउद्यम मार्फत समुदायको आर्थिक तथा सामाजिक विकास कार्यहरुमा विशेष योगदान गरेवापत संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले संस्थालाई सम्मानीत गरएिको कुुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धरले बिहिबार संस्था द्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उक्त अवार्ड ११ मार्च २०१९ मा संयुक्त राष्ट्रको महिलाहरुको अवस्था सम्बन्धि ६३ औं महासभामा एक भव्य समारोहकाबीच संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मानन्धरले उक्तधनराशीको पुरस्कार र अवार्ड ग्रहण गरेका थिए ।
उनले संस्थाले नेपालका अति विकट क्षेत्रहरुमा गई स्थानीय स्रोत र साधनलाई उपयोग गर्दै सिपमुलक तालिम दिई पिछडिएका महिलाको क्षमता अभिवृद्धि गर्न सफल भएको बतए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विजया केसीले सबैको सहयोग र योगदानले यस संस्था अवार्डद्वारा सम्मानीत भएकोमा गौरवान्ति भएको बताउँदै महिला सशक्तिकरणबाट नै देश विकास हुने दावी गरिन् । आज संस्थाले पाएको अवार्डलाई स्मरण गर्दै सेवा गरे मेवा मिल्छ भन्ने कुरा प्रष्ट भएको बताउनु भयो । कार्यक्रममा संस्थाका बोर्ड सदस्य निता प्रधान जोशी, अन्जली राजभण्डारी लगायतले बोलेका थिए भने सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भाइराजा तुलाधरले गरेका थिए । ९३ जनामहिला सदस्यहरुबाट सुरु गरिएको संस्थाले हाल २६ वटा शाखा मध्ये २१ वटाले अति विकट क्षेत्रमा गएर काम गरेको संस्थाले जनाएको छ । संस्थाले लघुवित्तको साथै सिप विकास तालिम तथा बजारीकरणको काम समेत गरेको छ ।