आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

चार अर्ब चार करोड ७९ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दै राष्ट्र बैंक

सोमबार, मंसिर १७ २०८१

काठमाडौ । नेपाल राष्ट्र बैंकले चार अर्ब चार करोड ७९ लाख रुपैयाँ लगानी गर्नै भएको छ । आफ्नो बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ।

राष्ट्र बैंकले सोमबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै रकम लगानीको लागि प्रस्ताव माग गरेको हो । रकम लगानीको अवधि डिसेम्बर १६, २०२४ देखि डिसेम्बर १६, २०२५ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १९ गते बुधबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ।

लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि तीन अर्ब २३ करोड ८५ लाख, बिकास बैंकहरुको लागि ६० करोड ७१ लाख र फाईनान्स कम्पनीहरुको लागि २० करोड २३ लाख रुपैंयाँ तोकिएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।