बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादीहरू पक्राउ

सोमबार, मंसिर १७ २०८१

काठमाडौं । ज्यान मार्ने उद्योग कसूरका फरार ४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका–५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय सुसन तामाङ, धादिङ रूबिभ्याली गाउँपालिका–४ घर भएका २५ वर्षीय उम्बे गुरूङ भन्ने उमेश घले र १९ वर्षीय कान्छा भन्ने आशिष गुरूङ रहेका छन् ।

काठमाडौं टोखा नगरपालिका–१० गोंगबुस्थित क्रेजी चिया भट्टीमा २ जना पुरूषहरूलाई भदौ ३० गते राति ज्यान लिने मनसायले काठ र फलामको कुर्ची, हेल्मेट, रड, सिसाको बोत्तल समेतले प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।