काठमाडौं चैत, ७–
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले पद तथा गोपनीयतोका सपथ लिएका छन् ।
बिहीबार अन्सारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । आजै उनले पदभार ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ ।
सरकारले अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले सरकारी सिफारिसको आधारमा अन्सारीलाई अध्यक्षमा सपथ खुवाएको हो ।