मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

करिब २३ हजार ५ सय ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद

आइतबार, मंसिर १६ २०८१

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २३ हजार ५ सय ट्याब्लेट शनिबार राति प्रहरीले बरामद गरेको छ।

प्रहरी चौकी भोक्राहाबाट खटिएको प्रहरीलाई देख्नासाथ चिरौलीबाट प्रकाशपुरतर्फ जाँदै गरेको प्र.१–०२–०४३ प ६८७१ नम्बरको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले मोटरसाइकल र बोरा छोडी फरार भए पश्चात बोरा तलासी गर्दा प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो।

प्रहरीले मोटरसाइकलमा सवार हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।