बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार

आइतबार, मंसिर १६ २०८१

काठमाडौं । नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन्।

नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ । देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् । काठमाडौंमा मुुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगडी, सुुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ । यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किन केयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ।

फेसियल हाउसकी संचालिका सुष्मा महराले यस नयाँ शाखाले सौन्दर्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै नेपाली सौन्दर्य उद्योगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । त्यस्तै, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले फेसियल हाउसजस्तो प्रतिष्ठित ब्रान्डले नेपालगञ्जमा सेवा दिन थालेपछि यहाँको व्यवसायिक र सांस्कृतिक वातावरणलाई थप उत्साहजनक बनाउन सहयोग पु¥याउने बताए।

नेपालगञ्ज शाखा सबिना बुडाऐर र रितेश भुजेलले सञ्चालनमा ल्याएका हुन् । बुडाऐर र भुुजेलले ग्राहकहरूको सन्तुष्टि र गुणस्तरीय सेवा सुनिश्चित गर्दै फेसियल हाउसको प्रतिष्ठा कायम राख्ने प्रतिबद्धता जनाएका छन्।