बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रामेछापमा भएको सवारी दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्षसहित ५ जनाको मृत्यु

शुक्रबार, मंसिर १४ २०८१

काठमाडौं । काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना हुँदा गोकुलगंगा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

रामेछापकै गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडी ३ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।