सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

बिहिबार, मंसिर १३ २०८१

 

काठमाडौं ।  वीरेन्द्रनगर नगरपालिका-३ मुलपानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख गुरास गाउँपालिका-७ बस्ने २२ वर्षीय बखत बहादुर विक र चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ बस्ने ३६ वर्षीय लोकेन्द्र थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
त्यस्तै जहदा गाउँपालिका-१ बस्ने ५० वर्षीया मिरादेवी बैठालाई अवैध लागूऔषध गाँजा १५ किलोग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।
यसैगरी चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर भिमदत्त नगरपालिका-१२ बस्ने २६ वर्षीया रूकमणी सुनाहा, देवकोट नगरपालिका-२ बस्ने २० वर्षीया रेखा पाल र काभ्रे रोशी गाउँपालिका-१ बस्ने २२ वर्षीय धर्मलाल लामा रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्‍चिम प्रदेश ०२-००१ ख १३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय संजय राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीलेल भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बर्दिबास नगरपालिका(३ काटा गौरीडाँडास्थित सडकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका-६ छाप बजार बस्ने ३३ वर्षीय सबिन कुमार लाखे र सिन्धुली साङ्वाले नगरपालिका-४ बस्ने २४ वर्षीय संजिव पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको साईरनमा जडान गरिएको माईक्रोफोन भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी चालक सबिन कुमार र एम्बुलेन्समा सवार संजिवलाई पक्राउ गरेको हो।
यसैगरी टीकापुर नगरपालिका-३ रामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित जानकी गाउँपालिका-७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
दमक नगरपालिका-८ सहिदमार्ग बिरानटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम,  डिजिटल तराजु १ थान र मोबाइल २ थान सहित इलाम चुलाचुली गाउँपालिका(३ बस्ने २८ वर्षीय उपेन्द्र बान्तवालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित गल्छी गाउँपालिका-७ बस्ने ३८ वर्षीय रमेश तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरवाहवातर्फ जाँदै गरेको लु।२ ख ६९९७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।