बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फेरि घट्यो सुनको भाउ

बिहिबार, मंसिर १३ २०८१

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ तोलामा ३ सय रूपैयाँले घटेको हो ।

आज सुन तोलाको १ लाख ४९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।