सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुन कारोबारमा सिण्डिकेट हटाउन सर्वोच्चको आदेश

बुधबार, मंसिर १२ २०८१

काठमाडौं । सुन कारोबारमा सिण्डिकेट हटाउन सर्वोच्चको आदेश दिएका छ। सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट भएको भन्दै दायर रिटमा सर्वोच्चले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुन व्यवसायसँग सम्बन्धित संघ संगठनमा आबद्ध व्यवसायीहरुले मात्र सुन खरिद गर्न पाउने व्यवस्था कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

संघ महासंघले सुन खरिदका नाममा नियमावलीलाई गलत व्याख्या गरेर सिन्डिकेट लादेको भन्दै श्री रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट अख्तियारप्राप्त सागर ढुंगानाले रिट दायर गरेका थिए । तर, अब व्यवसायीले वाणिज्य बैंकबाट आयात भएको सुन सिधै खरिद गर्न पाउने भएका छन् ।