आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनको मूल्यमा भारी गिरावट, कति घट्याे आज ?

सोमबार, मंसिर १० २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ ।

सरकारले सुन आयातमा भन्सारमा लिँदै आएको २० प्रतिशत शुल्कलाई आधा घटाएर १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै सुनको मूल्य ह्वातै घटेको हो ।

आज सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।आइतबार सुन तोलामा एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

चाँदी पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।