बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

फाईनान्स कम्पनीहरूमा बढ्यो वित्तीय जोखिम

३४ प्रतिशतसम्म कर्जा निष्क्रिय हुँदा के हेर्देछ राष्ट्र बैंक !

सोमबार, मंसिर १० २०८१

काठमाडौं । फाईनान्स कम्पनीहरूमा वित्तीय जोखिम बढ्दै गएको देखिएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा फाईनान्स कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा रकम र बढ्दै गएको निष्क्रिय कर्जाको अनुपातले गर्दा पनि फाईनान्सहरूमा वित्तीय जोखिम बढेको देखिएको हो।

अपरिष्कृत वित्तीय विवरण अनुसार फाईनान्स कम्पनीहरूले चालु आवको पहिलो त्रैमासिक अवधिसम्ममा कुल एक खर्ब ३२ अर्ब ३६ करोड २० लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा नौं दशमलव ८७ प्रतिशत अर्थात १० अर्ब दुई करोड २० लाख ९६ हजार सात सय रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई दशमलव २७ प्रतिशत अर्थात तीन अर्ब एक करोड ९३ लाख ८० हजार सात रुपैंयाँले बढी होे । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरूले कुल एक खर्ब १२ अर्ब ५४ करोड ९० लाख रुपैंयाँ निक्षेप संकलन गरी ९२ अर्ब १४ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ६० प्रतिशत अर्थात सात अर्ब २७ लाख १६ हजार रुपैंयाँ बराबरको कर्जा निष्क्रिय देखिएको थियो।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी निष्क्रिय कर्जा जानकी फाईनान्समा देखिएको छ । यस अवधिमा यो फाईनान्समा ३४ दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो फाईनान्समा १७ दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । समृद्धि, गुह्ेश्वरी मर्चेन्ट, नेपाल र सेन्ट्रल फाईनान्समा भने चालु आवको पहिलो त्रैमासमा क्रमशः २३ दशमलव ४७, १३ दशमलव ५६, १० दशमलव ३६ र आठ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यि फाईनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ७९, चार दशमलव ७२, ११ दशमलव ७५ र सात दशमलव ४३ प्रतिशत रहेको थियो । प्रोग्रेसिभ, मल्टीपर्पस, गुडविल र बेष्ट फाईनान्समा भने पछिल्लो अवधिमा क्रमशः सात दशमलव ४७, चार दशमलव ९७, चार दशमलव ९१ र तीन दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यि फाईनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः १२ दशमलव ४५, एक दशमलव २२, तीन दशमलव ९७ र पाँच दशमलव ४९ प्रतिशत रहेको थियो।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा आईसीएफसी, गोर्खाज, श्री इन्भेष्टमेन्ट र मञ्जुश्री फाईनान्समा भने क्रमशः तीन दशमलव ६६, तीन दशमलव २१, तीन दशमलव १९ र तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यि संस्थाहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव २३, एक दशमलव ९४, एक दशमलव २० र दुई दशमलव ८५ प्रतिशत रहेको थियो।