सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बैंकिङ प्रणालीबाट राष्ट्र बैकले पुन तान्यो, ५० अर्ब

आइतबार, मंसिर ९ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैंयाँ तानेको छ । यही मंसिर नौं गते अर्थात आज आईतबार राष्ट्र बैंकले निक्षेप संंकलन उपकरण बिक्री गरेर बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैंयाँ तानेको हो।

राष्ट्र बैंकका अनुसार परिपक्व हुुने अवधि १४ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती मंसिर २६ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री गरिएको हो।

खरिदकर्ताहरुको लागि घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने व्यवस्था तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाई छ।