काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–११ स्थित सडकमा बा.प्र.०२–०४५ प ३०४८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–११ स्कुल टोल बस्ने ५५ वर्षीय शिव थापाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ ईनारपानीस्थित सडकमा ना.४७ प ६४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा चालक महोत्तरी बर्दीबास नगरपालिका–२ हंकङडाँडा बस्ने २५ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो।
दैलेख, गुराँस गाउँपालिका–४ चिसापानीस्थित सडकमा क.प्र.०२–००२ प ३२५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने २६ वर्षीय उपेन्द्र शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।