बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सिद्धार्थ बैंकको थप दुई नयाँ शाखा

आइतबार, चैत्र ३ २०७५

काठमाडौं फागुन, ३–
सिद्घार्थ बैंकले थप दुई वटा स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले गणेशथान, टोखा नगरपालिका, काठमाडौं र इमाडोल, महालक्ष्मी नगरपालिका, ललितपुरमा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । 
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा समेत सञ्चालनमा ल्याएको छ । 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर एक सय ४६ वटा शाखा ( तीन वटा एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, एक सय ५५ एटिएम  र १२ सयभन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ ।यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाईड बाई सेवा प्रविधिको अवलम्वन गरेको छ ।