राष्ट्र बैंक भन्छ, तीन महिनामा ३८ अर्ब ३८ करोडको कुल वस्तु निर्यात
काठमाडौं । मुलुकको कुल वस्तु निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो तीन महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात छ दशमलव एक प्रतिशतले घटेर ३८ अर्ब ३८ करोड रुपैंयाँमा सिमित भएको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात दुई दशमलव तीन प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः पाँच दशमलव तीन प्रतिशत, २४ दशमलव आठ प्रतिशत र छ दशमलव छ प्रतिशतले घटेको देखिएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिना, लगायतका वस्तुको निर्यात बढेको छ भने जिंक शिट, पाम तेल, अलैंची, जुस, तयारी पोशाक, लगायतका वस्तुको निर्यात घटेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को तीन महिनामा कुल वस्तु आयात चार दशमलव दुई प्रतिशतले घटेर तीन खर्ब ९० अर्ब ७५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दशमलव नौं प्रतिशत, एक दशमलव पाँच प्रतिशत र सात दशमलव नौं प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, खाने तेल, स्पन्ज आइरन, लसुन, तेलहन लगायतका वस्तुको आयात बढेको छ भने सुन, पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । ज्ञछ। निर्याततर्पm विराटनगर, कैलाली, कृष्णनगर, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयातततर्फ जलेश्वर, कैलाली, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल वस्तु व्यापार घाटामा चार प्रतिशतले कमी आई तीन खर्ब ५२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४४ अर्ब १३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४५ अर्ब ५८ करोड बराबरको भएको थियो।
वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५१ दशमलव तीन प्रतिशत र ४७ दशमलव छ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात एक दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५ दशमलव दुई प्रतिशत, शुन्य दशमलव ३३ प्रतिशत र ४४ दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९ दशमलव एक प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव पाँच प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२ दशमलव पाँच प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५० दशमलव छ प्रतिशत, आठ दशमलव पाँच प्रतिशत र ४० दशमलव नौं प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।