काठमाडौं । आज पनि सुनको भाउ घटेको छ । आज थप ४ सय रुपैयाँले मूल्य घटेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९४० रुपैयाँ कायम भएको छ ।