काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ।
ज्यान मार्ने उद्योग दोषी ठहर भएका मनाङेलाइ प्रहरीले आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको थियो।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो ।
उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।