सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीन भ्रमणमा

मंगलबार, कार्तिक २७ २०८१

काठमाण्डौ । संघीय संसद, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमणका लागि आज मंगलबार अपराह्न्न चीनको छेन्दु प्रस्थान गरेकी छन्।

जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गरेकी हुन।

उनी आज अपराह्न्न १२.२० बजे को सिचुवान एयरलायन्सको उडानबाट छेन्दु तर्फ प्रस्थान गरेकी हुन । कार्तिक २८ देखि ३० गते सम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका प्रबक्ता एकराम गिरीले जानकारी दिईन।

उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय बिशिष्ट पदाधिकारीहरु संग भेटवार्ता गर्नुहुने छ । उहाँ भ्रमण सम्पन्न गरेर मंसिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

उपाध्यक्ष घिमिरे संगै उनका श्रीमान दुर्गाप्रसाद आचार्य र स्वकिय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी रहेका छन्।