बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रधानमन्त्री ओलीद्वारा विप्लव समूहलाई लगाएको प्रतिबन्धबारे प्रचण्ड र देउवालाई ब्रिफिङ

बुधबार, फाल्गुन २९ २०७५

काठमाडौं फागुन, २९–
विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री ओलीले विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धबारे दहाल र देउवालाई  ब्रिफिङ गरेका हुन् । ओलीले दुबै नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रतिबन्धबारे जानकारी गराएका हुन् । उक्त अवसरमा  ओलीसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ पनि सहभागी थिए ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।