सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एनवाईईएफ कनेक्ट शुभारम्भ

देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य

मंगलबार, कार्तिक २७ २०८१

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)ले कात्तिक २३ गते काठमाडौंमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरकफरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरुको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्व अध्यक्षहरुलाई एकै ठाउँमा ल्याएर नेपालका युवा उद्यमीमाझ सहकार्य र अवसर प्रवद्धन गर्नु हो।

एनवाईईएफ कनेक्टको लक्ष्य स्रोत, सञ्जाल र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरी उद्यमीहरुलाई सशक्तीकरण गर्नु र दिगो प्रगति प्रवद्र्धन गर्ने खालको सहयोगी उद्यमशील इकोसिस्टमलाई बढावा दिनु हो । प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेको ‘एनवाईईएफ कनेक्ट’ शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विशेष अतिथिको रुपमा सहभागी थिए।

समारोहको अध्यक्षता गरेका एनवाईईएफ कनेक्टका सभापति/पूर्वअध्यक्ष रितेश लामिछानेले युवा उद्यमीहरुको जोशिलो र परस्पर सम्बद्ध समुदायको महत्वमा जोड दिए । एनवाईईएफ कनेक्टका सदस्य, नेसनल गभर्निङ काउन्सिल (एनजीसी) सदस्य, मञ्चका च्याप्टर सभापतिलगायत एक सय १० जनाको सहभागिताले शुभारम्भ कार्यक्रमलाई भव्य बनाएको थियो।

एनवाईईएफ कनेक्ट आपसी सम्बन्ध विस्तार, अनुभव एवं विचार आदानप्रदान र प्रगति गर्ने क्षमता अभिवृद्धि गर्दै युवा उद्यमीका लागि एक रुपान्तरणकारी प्लेटफर्मको रुपमा रहेको छ।

यो प्लेटफर्म उद्यमीहरुलाई आपसी सम्बन्ध बढाउन, विचार एवं अनुभव आदानप्रदान गर्न, प्रतिभावानलाई अवसरसँग जोड्न र नेपालको अर्थतन्त्रमा दिगो विकास प्रवद्र्धन गर्न प्रतिबद्ध छ।