आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आज पनि घट्यो सुनचाँदीको मूल्य

सोमबार, कार्तिक २६ २०८१

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक हजारले घटेर तोलाको एक लाख ६५ हजारमा कारोबार भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।