काठमाडौं फागुन, २८–
नेकपाकी सांसद शान्ता चौधरी बोल्दाबोल्दै बेहोस भएकी छन् । नेकपा संसदीय दलकी सचेतक समेत रहेकी चौधरीलाई बेहोस भएलगत्तै अस्पताल भर्ना गरिएको छ ।
मंगलबार बिहान दाङको तुलसीपुरस्थित सरकारी वकिलको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दाबोल्दै चौधरी बेहोस भएकी हुन् । उनी जिब्रो लरबराएर ढलेकी थिइन् ।
नेतृ चौधरीलाई तत्कालै राप्ती प्रादेशिक अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव सन्तोष दहितले बताए । उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
उनको होस खुलेको छ । उनलाई के भएको हो भन्ने विषयमा केही खुलाएको छैन् । रिपोर्ट आएपछि मात्रै के भएको हो भन्न सकिने उपचारमा संलगन डा. पदमराज अधिकारीले बताए ।