सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

लिखित रुपमा फैसलाको पुर्णपाठ आएपछि स्वयम् अदालतमा उपस्थिति हुनेछु : प्रदेश सभा सदस्य मनाङे

शुक्रबार, कार्तिक २३ २०८१

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले लिखित रुपमा अदालतको फैसलाको पुर्णपाठ आएपछि स्वयम् अदालतमा उपस्थिति हुने बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।

मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताए। केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै उनी सम्पर्कविहीन भएको समाचार बाहिर आएको थियो।

उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन्।