सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

१० घण्टा विमानस्थल बन्द हुँदा हवाइ भाडा ५० प्रतिशतले वृद्धि

शुक्रबार, कार्तिक २३ २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएको छ। विमानस्थल दैनिक १० घण्टा उडान बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्न लागेको हो ।

हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । साविक अवस्थामा बिहान ६ बजेदेखि राति २ बजेसम्म २१ घण्टा सञ्चालन हुँदै आएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् ।

क्यानका अनुसार विमानस्थलमा हप्तामा सरदर ४१८ अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा स्तरोन्तर अवधिभर१२३ उडान कटौती गरेर २९५ मा सीमित गरिएको छ।

विमानस्थलमा उडान कटौतीसँगै हवाई भाडा वृद्धि भएको छ ।  हवाइ भाडादर ५० प्रतिशत सम्मले वृद्धि भएको छ।  काठमाडौँबाट दिल्लीको भाडा करिब १२ हजार हुँदै आएकोमा अहिले नै ६० हजार पुगिसकेको अवस्था छ ।

नेपालीहरुको चाड सकिएसँगै वैदेशिक रोजगारीमा छुट्टिमा आएका नेपालीहरु मर्कामा परेका छन् । विदेशमा हुने बिदाका कारण घुम्न गएकाहरु उडान कटौती र अचाक्ली भााडा बृद्धिले त्यतै रोकिएका छन्।

पर्यटन क्षेत्रको सिजन सुरु भएको छ । नेपाल घुम्न आउने तयारीमा रहेका विदेशी पर्यटकहरु समेत प्रभावित बनेका छन् ।

 

तर सम्बन्धित निकायले नेपाल नागरिक उड्डयन प्राधिकरणले भने केही हस्तक्षेप गर्न सकेको छैन ।