सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चितवनमा बस र इलेक्ट्रिक हायस ठोक्किँदा चार जनाको मृत्यु

शुक्रबार, कार्तिक २३ २०८१

काठमाडौं । चितवनको भरतपुर महनगरपालिका–२९ नारायणगढ–मुग्लिन सडकमा बस र विद्युतीय माइक्रोबस ठोक्किँदा चार जनाको ज्यान गएको छ । घाइते छ जनामध्ये दुईको अवस्था गम्भीर छ ।

मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा।प्र। ०६–००१ज ०२९८ नम्बरको माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा।प्र। ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाएको बताइन्छ ।

आज बिहान ३ बजेको समयमा भएको दुर्घटनामा माइक्रोमा सवार गोर्खा आरुघाट १ का राजबहादुर गुरुङको सनाखत भएको छ । अरु मृतकको सनाखत हुन सकेको छैन ।

बस र बस चालक मकवानपुरको हेटौडा–९ का सुर्य विक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।