सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

शुक्रबार, कार्तिक २३ २०८१

काठमाडौं । रूपन्देहीको देवदह नगरपालिका-९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय लाल बहादुर पुन, २७ वर्षीय आशिष परियार र तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षीय आदित्य शाह रहेका छन् । पुनको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ र नगद फेला पारी तीनै जनालाई पक्राउ गरेको हो।
त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-२ हवाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र गाँजा ५ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय आशिष नेपाल र २५ वर्षीय लाल बहादुर राई रहेका छन् । सामुदायिक प्रहरी बिट हवाईचौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै बर्दियाको बढैयाताल गाउँपालिका-८ जुम्लिटोल बस्ने २९ वर्षीय किशोर कुमार विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-७ जोकरताल बस्ने २५ वर्षीय शिव नारायण रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै झापाको भद्रपुर नगरपालिका(५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ११ मिलिग्राम सहित भद्रपुर नगरपालिका-९ बस्ने २८ वर्षीय एसिया लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेची प्रहरी बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९२६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा  चालक लिम्बुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।