बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मरुभूमिमा हिमपात

शुक्रबार, कार्तिक २३ २०८१

एजेन्सी । साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल-जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको हो । भारी वर्षा र असिनापछि हिमपात भएको थियो । यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ । साउदी प्रेस एजेन्सीका अनुसार, यसअघि अल-जाफमा हिमपात भएको कहिल्यै देखिएको थिएन । साउदीको यस घटनाले मौसमविद्हरू नै आश्चर्यमा परेका छन् ।

साउदी अरेबियाले गत हप्तादेखि असामान्य मौसमको सामना गरिरहेको थियो । गत बुधबार अल(जाफका केही भागमा भारी वर्षा र असिनाले क्षति पुर्‍याएको थियो । त्यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो । मौसममा आएको परिवर्तनका कारण ताबुक र अल बाह क्षेत्र पनि प्रभावित भएका छन् । सोमबारमात्र अल जुफको पहाडी क्षेत्रमा हिमपात भएको थियो ।

यूएईको नेसनल सेन्टर अफ मेटियोरोलोजी ९एनसीएम०ले अरब सागरदेखि ओमानसम्म फैलिएको न्यून चापीय प्रणालीका कारण असामान्य असिना परेको जनाएको छ । साउदी अरबमा हिमपात दुर्लभ हो ।