काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ ।
प्रधानमन्त्री ओलीको प्रेसविज्ञ रामशरण बजगाईंले प्रधानमन्त्रीको ओलिको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुदै गएको जानकारी दिए । उनले उपचारमा सम्लग्न चिकित्सका अनुसार स्वस्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको बताए।
प्रधानमन्त्री ओलिलाई सोमबार बेलुकीदेखि सामान्य ज्वरो आएको थियो।