सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

छठ मनाउन काठमाडौँ महानगरद्वारा विभिन्न ८ स्थानमा व्यवस्थापन गर्ने

बुधबार, कार्तिक २१ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्र पर्ने विभिन्न ८ स्थानमा छठ पर्व मनाइने भएको छ । मेयर बालेन साहका अनुसार छठ पर्व व्यवस्थापनका लागि महानगरले ८ स्थान तोकेका हुन्।

महानगरले गौरीघाटको वडा नं. ८, कोटेश्वर दोभानस्थित वडा नं. ३२, कमलपोखरीको वडा नं. १ वंशीघाटको ११ नं वडा र बालाजु बाइसधाराको वडा नं. १६ सहित धौखेल खोला, कुमारी क्लब तथा भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाउन स्थल व्यवस्थापन गरिएको मेयर बालेनले सामाजिक सञ्जालमार्फत जानकारी दिए।

काठमाडौँ महानगरपालिकाले ती स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम द्रूत गतिमा गरिरहेको उनले बताएका छन् । यस कार्यमा सम्बन्धित वडा कार्यालय पनि खटिरहेको मेयर साहले जानकारी गराएका छन् ।