काठमाडौं । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।
सहकारी ठगी प्रकरणमा जोडिएका लम्साललाई प्रहरीले पोखरा महानगरपालिका–२ अर्चलबोटबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी भएको थियो ।
उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् ।