आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

लक्ष्मी पूजाको दिन सुनको मूल्यमा नयाँ कीर्तिमान

बिहिबार, कार्तिक १५ २०८१

काठमाडौं । आज तिहारको लक्ष्मी पूजा, सुनको मुल्य आजपनि नयाँ किर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो ।

यसअघि बुधबार पनि नयाँ रेकर्ड राख्दै सुन तोलाको एक लाख ७० हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको २०९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।