बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

युनिलिभर नेपालको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

शेयरधनीहरुको लागि अहिलेसम्मकै सबभन्दा उच्च लाभांश वितरण

बुधबार, कार्तिक १४ २०८१

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (यु.एन.एल.) ले १२ कार्तिक २०८१ मा काठमाडौंस्थित एभरेष्ट होटलमा आफ्नो बोर्ड सदस्य, व्यवस्थापन टोली र शेयरधनीहरूको सहभागितामा आफ्नो ३१ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ।

कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश, रु. १,७१४÷– प्रति शेयर, गत वर्षको भुक्तानीको तुलनामा ८% वृद्धिको स्वीकृत गरी यो कार्यक्रमलाई एउटा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष श्री देव बाजपाईले कम्पनीलाई हालको स्थितिमा पु¥याउनको लागि शेयरधनीहरूको अटुट सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो । आफ्नो मन्तव्यमा श्री बाजपेईले कम्पनीको हालको कार्यसम्पादन, कठिन अपरेटिङ वातावरणमा बढ्दो भोल्युममा सामना गर्नुपर्ने चुनौतिहरू र सही श्रेणी रणनीतिको साथ भोल्युम वृद्धि हासिल गर्ने भविष्यका आकांक्षाहरूबारे शेयरधनीलाई जानकारी गराए।

यसबाहेक, श्री बाजपेईले वातावरण र सरोकारवालाहरूलाई उच्च दिगोपन मापदण्डहरू कायम राख्न युनिलिभर नेपालको प्रतिबद्धताबारे शेयरधनीहरूलाई जानकारी दिए । सभामा शेयरधनीहरू र लगानी विश्लेषकहरूले सञ्चालकबर्गलाई सक्रिय रूपमा व्यवसायको कार्यसम्पादन र आगामी आर्थिक वर्षको दृष्टिकोणबारे प्रश्नहरू सोधेका थिए।

सभामा विगत चार वर्ष देखि युनिलिभर नेपालको बोर्डलाई नेतृत्व प्रदान गर्दै आएका श्री देव बाजपेईलाई ऐच्छिक सेवानिवृत्तिको लागि शुभ कामना प्रदान गरिएको थियो । कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री अम्लान मुखर्जी, बोर्ड र शेयरधनीहरुले श्री बाजपेईलाई युनिलिभर नेपाललाई सबल बनाउन पुया्एको योगदानको लागि सम्मान गरेका थिए।