सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रचण्डको आत्मरती, रविको सक्कियो मति

सोमबार, कार्तिक १२ २०८१

काठमाडौं । यसैसाता पोखरा र काठमाडौंमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछाने पक्राउविरुद्धका प्रदर्शनले रवि लामिछानेको मतिलाई अझ सतहमा ल्याएको छ।

न्यायीक निरुपणमा कुनै बाधा नगर्ने बताएका उनी जसले दुई पटक गृहमन्त्री बनाइदियो उसैविरुद्ध आगो ओकले भने पुत्ला दहन र लास नै जलाउन समेत लगाएका थिए। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको काखमा बसेर गृहमन्त्री पड्काएका रवि अहिले आन्दोलनका नाममा ओलीको कोखमा प्रहार गर्ने मतिमा पुगेका छन्।

यद्यपि उनलाई न्यायाीक हिरासतमा पु¥याउने भनेकाचाहिँ नेपाली कांग्रेसका नेता हुन् भने तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए। संसदीय छानबिन समिति गठनमा रवि आफैंले सहमति जनाएर त्यसको प्रतिवेदन फासफूस पार्ने नियत राखेका थिए।

तर सत्ता समीकरण बदलिनासाथ उनको नियतले उल्टो बाटो लियो। अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसेका रविमाथि संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दामा बयानको काम भइरहेको छ।

तर रास्वपाका कार्यकर्ता भने राजनीतिक एजेन्डा जस्तो प्रतिशोध भयो भन्दै सडकमा छन्। ‘त्यहि प्रकरणमा कुनै दोष नभएका, काम लगाइएका कर्मचारीलाई पक्राउ गर्दा रास्वपाका कार्यकर्ता सडकमा आए? छविलाल जोशी पक्राउ गर्दा बिरोधमा आए? अनि तिनका पार्टनर रवि लामिछाने पक्राउ गर्दा के तमासा हो?’, एक कानुनकर्मी भन्छन्,‘यस्तो तमासा देखाउनु बाञ्छनीय हुँदैन।’
यता अहिले सरकारको बिरोधमा रास्वपा देखिएपछि त्यसैको भिडलाई उक्साउने र आफू रक्षात्मक हुनेगरी माओवादी अध्यक्ष प्रचण्डको पनि आत्मरती सडकमा प्रस्तुत गरियो।

बिरोध सभाका नाममा भएको भिडमा प्रचण्डले यो सरकारलाई बिचौलियाको सरकारको नाम दिए। जो आफैं देश ठग्ने ठेकेदारको घरमा बसेका छन्, उनले त्यसरी मनपरी बोल्न आवश्यक नरहेको कतिपय माओवादीका नेताले नै बताउने गरेका छन्।

‘यो प्रचण्डको आत्मरती हो, प्रचण्डले धेरै नखोकेको नै राम्रो हुन्छ। तर, उनी आवश्यकभन्दा बढी खोकिरहेका छ’, एक नेताले भने,‘अब तिनको आन्दोलनले यो सरकार ढल्न सक्ने होइन, न्यायीक विषय तिनले हेर्ने होइन।’

सडकमा माओवादीका कार्यकर्ता उतारेर अब सरकारमा नजाने घोषणा गर्दै प्रचण्डले माओवादी ०६४ सालको जत्रै बनाउने आत्मरती सुनाउँदा राजनीतिक रुपमा रवि लामिछानेको मतिचाहिँ कार्यकर्ता भड्काउने देखा प¥यो।