१२ वटाको नाफा बढ्दा आठ वटाको घट्यो, अर्ब क्वलमा परे आठ वटा बैंक
काठमाडौं । बाँणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पछिल्लो तीन महिना अर्थात असोज मसान्तसम्ममा १६ अर्ब रुपैंयाँ भन्दा बढी नाफा कमाउन सफल भएका छन्। बैंकहरुले बुधबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले कुल १६ अर्ब २३ करोड १८ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएका हुन । बाँणिज्य बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै २२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ३७ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाएका थिए।
वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा आठ वटा बैंकहरुको नाफा एक अर्ब रुपैंयाँ भन्दा माथि रहेको छ भने नबिल बैंकको नाफा दुई अर्ब रुपैंयाँ भन्दा माथि रहेको छ । यस बाहेक १२ वटा बैंकहरुको नाफा भने एक अर्ब रुपैंयाँ भन्दा तल रहेको छ। सो अनुसार नबिल बैंकले दुई अर्ब पाँच करोड ६५ लाख ९० हजार रुपैंयाँ नाफा कमाउँदा ग्लोवल आईएमई, प्रभु, एनएमबी, कुमारी, प्राईम कर्मसियल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा एक अर्ब रुपैंयाँ भन्दा माथि देखिएको छ । जसमध्ये ग्लोवल आईएमई बैंकले एक अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । सानिमा, हिमालयन र प्रभु बैकले भने पछिल्लो अवधिमा क्रमशः ३९ करोड ९५ लाख ३० हजार, ७२ करोड ६४ लाख ३२ हजार र एक अर्ब चार करोड छ लाख ५७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । चालु आवको पहिलो त्रैमासमा माछापुच्छे बैंकले ५० करोड ३२ लाख ६३ हजार रुपैंयाँ नाफा कमाउँदा लक्ष्मी सनराईज बैंकले ५३ करोड ६३ लाख ५९ हजार रुपैंयाँ नाफा कमाएको थियो । यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, प्राईम कर्मसियल बैंक र स्टान्र्डड चार्टड बैंकले भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब ४६ करोड ४० लाख ७४ हजार, एक अर्ब २८ करोड ६७ लाख ८७ हजार र ८६ करोड २२ लाख एक हजार रुपैंयाँ खुद मुनाफा कमाएको देखिएको छ।
अपरिष्कृत वित्तीय बिवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा कुमारी, सिद्धार्थ, कृषि बिकास र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भने क्रमशः एक अर्ब सात करोड ८१ लाख ७७ हजार, ३८ करोड २० लाख ८४ हजार, १९ करोड नौं लाख २३ हजार र २४ करोड छ लाख ९९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । एनएमबी, एभरेष्ट र एनआईसी एशिया बैंकले भने पछिल्लो क्रमशः एक अर्ब १४ करोड ५६ लाख तीन हजार, एक अर्ब १२ करोड ७७ लाख सात हजार र ११ करोड पाँच लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय बाँणिज्य बैंक र नेपाल बैंकले भने क्रमशः १५ करोड १३ लाख दुई हजार र ६० करोड २१ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको देखिएको छ।