तीन वटा बिकास बैंक र चार वटा फाईनान्सलाई कारवाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा बिकास बैंक र चार वटा फाईनान्स कम्पनी सहितका सात वटा फाईनान्स कम्पनीहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था सञ्चालन सम्वन्धी ऐन (बाफिया) को विपरित कार्य गरेको आधारमा क्षेत्रियस्तरका तीन वटा बिकास बैंक सहितका चार वटा फाईनान्सलाई कारवाही गरिएको हो।
कारवाहीमा पर्ने बिकास बैंकहरुको सालपा बिकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र सिन्धु बिकास बैंक रहेका छन् । यि तीन वटै क्षेत्रियस्तरका बिकास बैंकहरु हुन । कारवाहीमा परेका फाईनान्स कम्पनीहरु भने जानकी फाईनान्स, गोर्खाज फाईनान्स, प्रोग्रेसिभ फाईनान्स र रिलायन्स फाईनान्स रहेका छन् । राष्ट्र बैंक अन्र्तगतको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८१/८१ को प्रथम त्रयमास अवधिमा इजाजतपत्रप्राप्त “ख” बर्गका विकास बैंक र “ग” बर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत र सचेत गराउनेसम्मको कारवाही गरेको राष्ट्र बैंकको भनाई छ।
सिन्धु विकास बैंक – अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु – प्रमुख कार्यकारी अधिकृत
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङघन गरेको देखिएकाले संस्थाको अध्यक्ष र सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।
सालपा विकास बैंक – सञ्चालक समिति – प्रमुख कार्यकारी अधिकृत
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा– नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गत गरिएको कारवाही गरिएको हो।
मितेरी डेभलपमेन्ट बैंक – सञ्चालक समिति – प्रमुख कार्यकारी अधिकृत
यस बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १५ को बुँदा नं. (४) मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरी उक्त नियामकीय व्यवस्था उल्लंघन गरेको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।
जानकी फाइनान्स कम्पनी लि. – सञ्चालक समिति – प्रमुख कार्यकारी अधिकृत
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङघन गरेको देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।
गोर्खाज फाइनान्स लि. – सञ्चालक समिति – प्रमुख कार्यकारी अधिकृत
यस बैंकबाट जारी एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरु वित्तीय स्वार्थ रहेको ग्राहकसंँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुनु हुँदैन भन्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरित हुनेगरी संस्थाको कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्ष/सञ्चालक संस्थाको क्रणी/ग्राहकसग संस्थामा नै खोलिएका खाताहरु मार्फत आर्थिक कारोवारमा पटक पटक संलग्न भएको पाइएको । त्यस्तै, तत्कालीन अध्यक्ष/सञ्चालकले निज संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरुसँग पटक पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा सञ्चालक समितिले निगरानीको कार्यलाई चुस्त नराखेको तथा Board Oversight कमजोर रहेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको।
प्रोग्रेसिभ फाइनान्स कम्पनी लि. – सञ्चालक समिति – प्रमुख कार्यकारी अधिकृत
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङघन गरेका देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको।
रिलायन्स फाइनान्स लि.
संस्थाले मिति २०८१ भदौ २३ गते देखि २०८१ असोज ०५ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आ.व. मा पहिलो पटक कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३/०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा. निर्देशन नं. २१/८० को बुँदा नं. ७ (संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई रु.११,२२७।६५ नगद जरिवाना गराइएको ।