सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सवारी दुर्घटनामा चार जनाको मृत्यु

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१–००६ ख ५३५२ नम्बरको बसले प्रदेश नम्बर ३–०२–००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–५ पुर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राईको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको आर्या न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो।

मोरङको सुन्दरहरैंचा नगरपालिका–६ दुलारीस्थित सडकमा को.१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चालक सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय खैरा चौधरीको मृत्यु भएको छ । सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

कास्कीको पोखरा महानगरपालिका–७ शहिदचोकस्थित सडकमा ग.११ प ६७२५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१३ सितलटोल बस्ने ४९ वर्षीय छल बहादुर गुरूङको मृत्यु भएको छ । सोमबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोड नजिकै अनटेष्ट लेखिएको ई–रिक्साबाट लडेर सोही ठाउँ बस्ने ७२ वर्षीया सुन्तली बिकको सोमबार राति मृत्यु भएको छ । ई–रिक्साबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।