काठमाडौँ । सभामुख देवराज घिमिरे, विधेयक रहेका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकबिचको छलफल सुरु भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ ।
बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।
संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले यो छलफल बोलाएका हुन्।