सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सभामुखले समितिका सभापति र सचेतकहरुसँग छलफल गर्दै

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै छन् ।

सभामुखको सचिवालयका अनुसार आज बिहान साढे ११ बोलाइएको बैठकमा बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले यो छलफल गर्न लागेको बताइएको छ ।