सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

३५ अर्ब रुपैंयाँले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप

कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ प्रतिशत

सोमबार, कार्तिक ५ २०८१

काठमाडौं ।  बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो दुई महिनाको प्रतिवेदन अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुमा रहेको निक्षेप शुन्य दशमलव पाँच प्रतिशत अर्थात ३५ अर्ब तीन करोड रुपैंयाँले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शुन्य दशमलव एक अर्थात सात अर्ब ५६ करोड रुपैंयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ दशमलव आठ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव दुई प्रतिशत, ३० दशमलव नौं प्रतिशत र ५६ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः छ दशमलव दुई प्रतिशत, २५ दशमलव नौं प्रतिशत र ६१ दशमलव एम प्रतिशत रहेको थियो । २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ प्रतिशत रहेको छ । २०८० भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव ए प्रतिशत रहेको थियो । चालु आवको भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड रुपैंयाँ अर्थात एक दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड रुपैंयाँ अर्थात शुन्य दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा छ दशमलव छ प्रतिशतले बढेको छ । २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ प्रतिशत र ३७ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनामा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह एक दशमलव पाँच प्रतिशतले, विकास बैंकहरुका एक दशमलव एक प्रतिशतले र फाईनान्स कम्पनीहरुको कर्जा प्रवाह तीन प्रतिशतले बढेको छ । २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये १३ दशमलव दुई प्रतिशत कर्जाको लागि चालु सम्पत्तिअर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको सुरक्षणको रुपमा रहेको छ भने ६६ दशमलव दुई प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०८० भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव एक प्रतिशत र ६७ दशमलव दुई प्रतिशत रहेको थियो । चालु आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शुन्य दशमलव दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा शुन्य दशमलव नौं प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा एक दशमलव दुई प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव दुई प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव दुई प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव सात प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव एक प्रतिशतले बढेको छ।

चालु आवको पछिल्लो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा एक दशमलव आठ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १० दशमलव सात प्रतिशतले, ट्रष्ट रिसिट अर्थात आयात कर्जा १७ प्रतिशतले, हायर पर्चेज कर्जा शुन्य दशमलव आठ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) शुन्य दशमलव दुई प्रतिशतले र नगद प्रवाह कर्जा एक दशमलव एक प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा अधिविकर्ष कर्जा भने चार दशमलव नौं प्रतिशतले घटेको छ।