काठमाडौं । नेपाल राष्ट्र बैंकले अस्थायीरुपमा वालेटमा रकम गर्नै सिमा बढाएको छ । राष्ट्र बैंकले सोमबार भुक्तानी सम्वन्धी कार्य गर्न अनुमती प्राप्त सम्पुर्ण संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिएको हो।
परिपत्र मार्फत राष्ट्र बैंकले भनेको छ, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनको अ. प्रा. निर्देशन नं. ५/०८० को बुँदा नं. ३(२) मा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा वडा दशैंको शुभ अवसरमा मिति २०८१/०६/२१ देखि मिति २०८१/०७/०१ गते कोजाग्रत पूर्णिमाको दिनसम्म र शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा मिति २०८१/०७/१५ देखि मिति २०८१/०७/२२ गते सम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरी उपरोक्त समयमा भएको कारोवारको संख्या र कारोबारको कुल रकम यस विभागलाई जानकारी गराउन हुन समेत यो परिपत्र जारी गरिएको छ।
राष्ट्र बैंकले गरेको यो व्यवस्था अनुसार यही कात्र्तिक २२ गते सम्म एक दिनमा बढीमा ३० पटकसम्म रकम जग्मा गर्न सकिने छ।