काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउन मसान्तसम्ममा लघुवित्त वित्तीय संस्था बाहेकका सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरूको चुक्ता पुँजी चार खर्ब ३६ अर्ब ४० करोड ८० लाख रुपैंयाँ पुगेको हो । यो चुक्ता पुँजी गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ११ अर्ब २८ करोड ८० लाख रुपैंयाँले बढी हो।
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २० बाँणिज्य बैंक, १७ बिकास बैंक र १७ फाईनान्स कम्पनी सहितका ५४ वटा संस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब २५ अर्ब १२ करोड रुपैंयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिनामा सञ्चालनमा रहेका २० वटाब बाँणिज्य बैंकहरूको मात्र चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब दुई करोड रुपैंयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा नौं अर्ब १६ करोड ३० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बाँणिज्य बैंकहरूको यस्तो चुक्ता पुँजी तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैंयाँ रहेको थियो । चालु आवको साउन मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा बिकास बैकहरूको मात्र चुक्ता पुँजी भने ४२ अर्ब १७ करोड १० लाख रुपैंयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा एक अर्ब ९६ करोड ४० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरूको यस्तो चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैंयाँ रहेको थियो।
सञ्चालनमा रहेका २० वटा फाईनान्स कम्पनीहरूको चुक्ता पुँजी भने चालु आवको पछिल्लो अवधिमा १५ अर्ब २१ करोड ७० लाख रुपैंयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा १६ करोड १० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब पाँच करोड ६० लाख रुपैंयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा फाईनान्स कम्पनीहरूको चुक्ता पुँजी बढ्नुको पछाडि बासेल–३ को कार्यान्वयन प्रमुख कारणकोरुपमा रहेको छ । बासेल–३ कार्यान्वयनमा आउनुअघि बाणिज्य बैंकहरूको चुक्ता पुँजी दुई अर्ब रुपैंयाँ हुनुपर्ने व्यवस्था रहेको थियो भने राष्ट्रियस्तरका बिकास बैंकहरूको चुक्ता पुँजी ६० करोड रुपैंयाँ हुनुपर्ने व्यवस्था रहेको थियो । यसैगरी राष्ट्रियस्तरका फाईनान्स कम्पनीहरूको चुक्ता पुँजी भने २० करोड रुपैंयाँ कायम रहेको हुनुपर्ने व्यवस्था रहेको थियो । यो चुक्ता पुँजीले नेपालको बैैंकिङ क्षेत्र सवल र सक्षम हुन नसक्ने भन्दै राष्ट्र बैंकले बासेल–३ कार्यान्वयनमा ल्याएको थियोे । बासेल–३ कार्यान्वयनमा आएपछि भने बाँणिज्य बैकहरूले न्युनतम आठ अर्ब, राष्ट्रियस्तरका बिकास बैंकहरूले न्युनतम दुई अर्ब ५० करोड र राष्ट्रियस्तरका फाईनान्स कम्पनीहरूले न्युनतम ८० करोड रुपैंयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था तोकिएको छ । सोही यो चुक्ता पुँजी कायम गर्नको लागि बैंक तथा फाईनान्स कम्पनीहरूले बोनश शेयर, हकप्रद शेयर जारी गर्दे मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भई एकीकृत कारोबार सञ्चालन गरेकारण बैंकिङ क्षेत्रको कुल चुृक्ता पुँजी बढेर चार खर्ब ३६ अर्ब माथि पुगेको राष्ट्र बैंकको भनाई छ।