आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दशैं अगाडि वीपी राजमार्ग खुल्दैन : भौतिक पूर्वाधार मन्त्रालय

बिहिबार, असोज १७ २०८१

काठमाडौं । दशै अगाडि वीपी राजमार्ग खुल्न नसक्ने निष्कर्षमा भौतिक पूर्वाधार मन्त्रालय पुगेको छ।

भौतिक पुर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले बोल्दै यस्तो बताएका हुन्। उनले भनेँ, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’

भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट विपद्ले क्षती बनाएको वीपी राजमार्गको निरीक्षणमा गएको थियो ।