बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भूमिब्यवस्था मन्त्री अधिकारी र सचिवबिच कार्यसम्पादन सम्झौता

बुधबार, असोज १६ २०८१

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले सचिव अर्जुनप्रसाद पोख्रेलसंग बुधवार कार्यसम्पादन सम्झौता गरेका छन् । २७ भदौंमा मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग कार्यसम्पादन सम्झौता गरेका थिए । सोही सम्झौताको आधार मानेर मन्त्रालय भित्रबाट गर्नुपर्ने कामखी बनाउन मन्त्री अधिकारी र सचिवबिच सम्झौता भएको हो।

यो आर्थिक बर्षभित्र भूमि ब्यवस्था, सहकारी र गरिवी निवारण क्षेत्रका ६० वटा महत्वपुर्ण कामहरु सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ । मन्त्रालय मातहतका सह—सचिव र बिभागीय प्रमुखहरुको उपस्थीति रहेको कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले लिएका लक्षित उद्देश्य सामुहिक प्रयासबाट सम्भव हुने भएकाले आ आफनो तहबाट जिम्मेवार, पारर्दशी र नतिजामुखी भएर काम गर्न निर्देशन दिए । योजनाहरु बन्ने तर अपेक्षाकृत कार्यान्वयन नहुने अवस्थाले मन्त्रालयको गरिमा नबढ्ने मन्त्री अधिकारीको भनाई छ।

सचिव पोख्रेलले कार्यसम्पादनमा उल्लेखित ६० वटै बिषय कार्यान्वयनमा आफु प्रतिवद्ध रहेको उल्लेख गदैं भूमि आयोग गठन गरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीहरुको ब्यवस्थापन, सहकारी क्षेत्रमा देखिएका समस्याहरु क्रमिकरुपमा समाधान गर्ने र गरिवी निवारणका क्षेत्रमा आसा जगाउने गरी काम गर्ने सचिव पोख्रेलको भनाई छ । सचिव अधिकारीले यो कार्यसम्पादन सम्झौतामा उल्लेखित बिषयहरु कार्यान्वयनमा लैजानका लागि सम्वन्धीत महाशाखा र बिभागसंग पनि आफुले कार्यसम्पादन सम्झौता गरि निरन्तर पहलकदमी लिने प्रतिवद्धता जनाए।