सम्मेलन हल तोडफोड
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा जारी अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित भएको छ । बिहीबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि प्रतिनिधिहरु आक्रोशित बनेका थिए । आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएको सम्मेलनमा सहभागीले जानकारी गराए।
अखिल क्रान्तिकारीमा उमेरहद लगाउने र नलगाउनेबारे विवाद हुदै आइरहेको छ। यही विवादका क्रममा दुई दिन अघि खुकुरी बोकेका एक व्यक्ति सम्मेलन हलमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
विवाद समाधान गरेर भोलि उमेर हदका लागि मतदान हुने विघटित कमिटीकी अध्यक्ष पञ्चा सिंहले जानकारी गराइन् । कार्यालयको बैठक बसेर समाधान निकालिने उनले बताइन् ।
