बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

५० अर्बको निक्षेप उपकरण बिक्री आज

बुधबार, असोज १६ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असोज १६ गते अर्थात आज बुधबार पुन ५० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्नै भएको छ । राष्ट्र बैंकले आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा पुन ५० अर्ब रुपैँयाको निक्षेप उपकरण बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार परिपक्व हुुने अवधि सात दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती असोज २३ गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गर्न लागिएको हो।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ।